मातातीर्थ,चन्द्रागिरि — मातातीर्थ औंसीका अवसरमा चन्द्रागिरि फेदीस्थित मातातीर्थ कुण्डमा आइतबार मेला भर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औंसीको दिन आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)का दिन मातातीर्थ कुण्डमा स्नान गर्नेहरुको भीड लाग्ने गर्छ ।
आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर देशैभरि मातातिर्थ औंसी मनाइँदै छ । बिहानै उठी नुहाइधुवाइ गरी आफ्नी आमालाई उपहार दिइ तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
![Remembering Mother at Matatirtha Mela [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/mothers-day-5-2742025043819-1000x0.jpg&w=1001&h=0)
![Remembering Mother at Matatirtha Mela [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/mothers-day-15-2742025044041-1000x0.jpg&w=1001&h=0)