काठमाडौँ — आज वैशाख १२ गते । विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो ।
सात दशमलव छ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । सोही विनाशकारी भूकम्पको स्मृतिमा आज काठमाडौंको सुन्धारामा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह लगायतको उपस्थितिमा विशेष कार्यक्रमको आयोजना गरिएको हो । ‘सुरक्षित पूर्वाधार निर्माण गरौँ, भूकम्पबाट जोगिऔ’ भन्ने सन्देश दिनका लागि भूकम्प स्मृति दिवस मनाइएको हो ।
![Remembering the devastating earthquake of 72 in Sundhara [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bhukampa-smritiek-dasak-4-2542025101126-1000x0.jpg&w=1001&h=0)
![Remembering the devastating earthquake of 72 in Sundhara [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bhukampa-smritiek-dasak-13-2542025101322-1000x0.jpg&w=1001&h=0)