काठमाडौँ — लोकतन्त्र दिवसका अवसरमा आज एमालेले काठमाडौँको भृकुटीमण्डपमा युवा उत्सव (युथ सेलिब्रेशन)को आयोजना गरेको छ । जनआन्दोलनको बलमा निरङ्कुश राजतन्त्रको अन्त्य भई जनताले जितेको दिनको रूपमा एमालेले यो उत्सव मनाएको छ । स्वदेशमा रोजगारी र समृद्धिका लागि युवाहरुका लागि अवसर छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागी हुन देशभरका युवाहरू काठमाडौँमा भेला भएका छन् । एमालेनिकट युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले कार्यक्रममा ४० वर्ष मुनीका करिब एक लाख युवा सहभागी हुने राष्ट्रिय बताए । कार्यक्रमलाई प्रधानमन्त्री एवं एमालेका अध्यक्ष प्रधानमन्त्री केपी र महासचिव शंकर पोखरेलले संक्षिप्त सम्बोधन गर्ने र काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलसहित अन्य वक्ता सबै युवा हुने छन् । कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन हुने छन् । कार्यक्रम स्थलमा कफीसप, फुडसपहरु तथा युवाले उत्पादन गरेका सामानको स्टलसमेत राखिएका छन् ।
![Democracy Day: UML's Youth Festival [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/48568225316410995831845585643503083192526466n-2442025110840-1000x0.jpg&w=1001&h=0)
![Democracy Day: UML's Youth Festival [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/49101042113984001345226175508932588682570447n-2442025105700-1000x0.jpg&w=1001&h=0)