काठमाडौँ — सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) ले बिहीबार काठमाडौंमा प्रदर्शन गरेको छ । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडनविरुद्ध भन्दै राजधानीकेन्द्रित अनिश्चितकालीन आन्दोलनअन्तर्गत आज पनि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । ब्यानर, प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरुले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।
![Demonstration of cooperatives and microfinance victims in Kathmandu [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/laghubittasahakaripiditratnapark202504172659-1742025020452-1000x0.jpg&w=1001&h=0)