भक्तपुर — मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा' यस वर्ष पनि धुमधामका साथ मनाइएको छ। यस वर्ष तेस्रोपटक जिब्रो छेडेर २८ वर्षीय सुजन बाग श्रेष्ठले जात्रालाई निरन्तरता दिएका छन्।
भक्तपुरमा बिस्का जात्राअन्तर्गत मध्यपुर थिमिमा अहिले विभिन्न देवी-देवताको खटसहित बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी मनाइँदै छ । सिन्दुर जात्रामा थिमि क्षेत्रको ३२ वटा खट बालकुमारी मन्दिर परिक्रमा गरेपश्चात नगर परिक्रमा गर्दै मनाउने प्रचलन छ।
मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ । जात्रामा प्रत्येक चोक, चौबाटो, घर र टोलमा सिन्दुर छर्ने गरिन्छ । काया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवता राखिएका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले सिन्दुर जात्रा भनिएको हो ।
![The Joy of Tongue Piercing Festival [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/jibrochhednejatrabodebhaktapur202504152628-1542025014406-1000x0.jpg&w=1001&h=0)
![The Joy of Tongue Piercing Festival [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/jibrochhednejatrabodebhaktapur202504152627-1542025014351-1000x0.jpg&w=1001&h=0)
![The Joy of Tongue Piercing Festival [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/jibrochhednejatrabodebhaktapur202504152625-1542025014337-1000x0.jpg&w=1001&h=0)