लुम्बिनी — बुद्धस्थल लुम्बिनीमा २०८२ को पहिलो दिन सोमबार नयाँ वर्ष मनाउन आउनेको घुइँचो लागेको छ । मायादेवी मन्दिर दर्शन गर्नेको पनि लामो लाइन लागेको छ । बिहानदेखि साँझसम्मै मन्दिर दर्शन गर्नेको घुइँचो थियो ।
२०८२ को पहिलो दिन सोमबार मात्रै २० हजार बढी स्वदेशी पर्यटकले लुम्बिनी मायादेवी मन्दिर अवलोकन गरेको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले बताए । शान्तिदीपदेखि नै मायादेवी मन्दिर दक्षिण गेटसम्म आउनेजानेको उस्तै घुइँचो छ । लुम्बिनीमा रहेको थाई, कम्बोडिया, म्यानमार, चीन, भियतनाम, जर्मनी र जापानका विहार, गुम्बा र मन्दिरमा घुम्नेको घुइँचो लागेको छ ।
![Tourists flock to Lumbini on New Year [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/lumbini-ma-new-yearmanoj-photo4-1442025013727-1000x0.jpg&w=1001&h=0)
![Tourists flock to Lumbini on New Year [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/lumbini-ma-new-yearmanoj-photo13-1442025014333-1000x0.jpg&w=1001&h=0)