कपिलवस्तु — कपिलवस्तुको बुद्धभूमि–१०, गगनी गाउँलाई तौलिहवा–बहादुरगन्ज हुलाकी सडकसँग जोड्ने झोलुंगे पुलमा आइतबार साँझ अस्ताउँदै गरेको सूर्य । वाणगंगा नदीमा अस्ताउँदै गरेको सूर्यको प्रकाशले नदी राताम्य बनेको थियो । सूर्य अस्ताउँदै गर्दा सर्वसाधारणको आवतजावतले २०८१ सालको अन्तिम सूर्यास्त निकै मनमोहक र चित्ताकर्षक बनेको थियो । सूर्यास्त जति तल खस्दै जान्थ्यो उत्ति नै लालीमय बन्दै गएको भान हुन्थ्यो । नदी छेउछाउको प्राकृतिक वातावरणले सूर्यास्तलाई अझ रोमाञ्चक र अविस्मरणीय बनाएको थियो ।
