लुम्बिनी — नेपालीले नयाँ वर्ष मनाउने तयारी गरिरहेका बेला थाई नागरिकले थाई परम्पराअनुसार आइतबार लुम्बिनीमा नयाँ वर्षको पर्व सोङक्रङ मनाएका छन् । राजकीय थाई विहारमा भिक्षु भिक्षुणी, गुरुमा र आनीले पवित्र पानी छ्यापाछ्याप गरेर मनाएका हुन् ।
लुम्बिनीको शान्तिदीप नजिकै रहेको बेबी बुद्धमा पूजाआजा गरियो । उक्त अवसरमा बेबी बुद्धलाई धार्मिक विधिपूर्वक पूजाआजा गरी स्नान गराइएको थियो । डेढ मिटर लामो पित्तलको पाइपबाट पानी झारेर बेबी बुद्धको पाउलाई भिक्षु, भिक्षुणी र उपासक र उपासिकाले पवित्र बनाएका थिए । उक्त अवसरमा भिक्षु/भिक्षुणीले पुष्पवर्षा गरेका थिए । रोयल थाई विहारमा सुगन्ध र फूल मिसाइएको पवित्र पानी छ्यापेर एकआपस सद्भाव, करुणा र मैत्री साटासाट गरिएको थियो । समग्र मानव जीवन र प्राणीको सुख, शान्ति र कल्याणका लागि परित्रान पाठ गरेका थिए ।
थाइल्यान्डमा राष्ट्रिय रूपमा विभिन्न कार्यक्रम गरेर मुलुकभर ५ दिनसम्म नयाँ वर्ष मनाइन्छ । त्यसैअन्तर्गत यहाँ कार्यक्रम गरिएको हो । हरेक वर्ष अप्रिल १३ तारिकमा थाई नयाँ वर्ष मनाइन्छ । सोङक्रङ उत्सवको सबैभन्दा प्रसिद्ध पक्ष भनेको पानी फाल्ने हो । रंग नराखेको पानीमा सुगन्ध र फूल राखेर छ्यापाछ्याप गरेर उत्सव मनाइन्छ ।
![Thai New Year celebrated in Lumbini [Photo Feature]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/thai-new-year-songkranmanoj-photo1-1342025111022-1000x0.jpg&w=1001&h=0)
![Thai New Year celebrated in Lumbini [Photo Feature]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/thai-new-year-songkranmanoj-photo13-1342025111645-1000x0.jpg&w=1001&h=0)
![Thai New Year celebrated in Lumbini [Photo Feature]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/thai-new-year-songkranmanoj-photo12-1342025111600-1000x0.jpg&w=1001&h=0)