चैते रोपाइँको मैजारो [फोटो फिचर]

चैत्र ३०, २०८१

लक्ष्मी गौतम

Tea Tree Planting Challenge [Photo Feature]

पाँचथर — चैत दोस्रो साता खेत बेँसी ओर्लिएका पाँचथरका किसान चैते धान रोपेर सक्ने क्रममा छन् । चैतमा रोपेपछि असारमा पाक्ने यो धानलाई बर्खे वा वर्षे धान पनि भनिन्छ । औलो लाग्ने खेत बेँसीमा रोपिने चैते धान वर्षायाममा पाक्ने भएकाले साउने संक्रान्ति पछिका तीज, दसैं, तिहार र उधौली, उभौली लगायतका चाड पर्व यही धानले धान्छ ।

Tea Tree Planting Challenge [Photo Feature]

फिदिम–११ का किसान बिर्ख खड्काका अनुसार हिउँदेभन्दा दोब्बर मात्रामा फल्ने चैते धान आफूहरुको जनजीविकाका लागि अत्यन्तै उपयोगी हुँदाहुँदै पनि सिँचाइ, रोग र किराको उपचार आदि चुनौती हुन् ।

Tea Tree Planting Challenge [Photo Feature]

पछिल्ला दुई वर्ष नियमित आएको बाढीले चैते धान रोपिने खेत बेँसी र कुलो बगेकाले यो वर्ष पहिलेको तुलनामा थोरै जमिनमा रोपिएको छ । बाढी पहिरोले बगाएका र पुरेका कुलो मर्मतमा समय लागेकाले यो वर्ष रोपाइँ गर्न झन्डै दुई साता ढिलो भएको किसानहरु बताउँछन् ।

Tea Tree Planting Challenge [Photo Feature]

गत असोज १२ गते भएको अविरल वर्षासँगै आएको बाढीले फेमे, हेवा र तमोर गडतिरको झन्डै एक सय खेत र सिँचाइ गर्ने कुलो बगाएर लगेकाले यो क्षेत्रका किसानले पनि चैते धान रोप्न पाएका छैनन् । बचेका खेत बेंसीमा रोपाइँ गरिरहेका किसान भने अब एक साताभित्र चैते धानको मैजारो हुने बताएका छन् ।

Tea Tree Planting Challenge [Photo Feature]

कृषि ज्ञान केन्द्र पाँचथरको तथ्यांक अनुसार जिल्लामा अघिल्लो यसअघि करिब तीन सय हेक्टर जमिनमा चैते धान रोपिन्थ्यो। जसमध्ये गत असोज महिनामा आएको बाढीले एक सय हेक्टरभन्दा धेरै खेत बाढीले लगेका कारण यो वर्ष दुई सय रोपनी हाराहारीमा मात्रै धान रोपिएको छ । कृषि ज्ञान केन्द्र पाँचथरका सूचना अधिकारी केशर मगरातीले यो वर्ष चैते धान गत वर्षको तुलनामा झन्डै २० प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको बताए ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully