काठमाडौँ — भक्तपुरमा बिहीबारदेखि बिस्केट जात्रा आरम्भ भएको छ । जात्राको अवसरमा र्याली निकाल्ने, रथ तान्नेलगायत गरिएको छ ।
बिस्का जात्राको पहिलो दिन, चौथो दिन, पाँचौँ दिन र नवौ दिन भैरवनाथ तथा भद्रकाली देवी देवतालाई काठ तथा बेतबाट तयार पारिएको रथमा राखी उक्त रथलाई डोरीले तानेर नगरका टोलमा परिक्रमा गराइन्छ ।बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्षको २०८२ को अवसरमा बिहीबार यहाँका जनप्रतिनिधि, कर्मचारी, संस्कृतिकर्मी, स्कुल/कलेजका शिक्षक, विद्यार्थी, स्काउट, संस्कृतिप्रेमी, नागरिक अगुवा एवम् विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको अगुवाइमा भक्तपुर नगरपालिका-९ दत्तात्रयबाट सुरु भएको र्याली टौमढीमा पुगी सभामा परिणत भएको थियो ।
![Biscuit Jatra Begins [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bisketjatrabhaktapur202504102562-1042025034619-1000x0.jpg&w=1001&h=0)
![Biscuit Jatra Begins [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bisketjatrabhaktapur202504102569-1042025034758-1000x0.jpg&w=1001&h=0)