काठमाडौँ — विद्यालय शिक्षा ऐनको मागसहित सडक आन्दोलनमा होमिएका शिक्षकहरुले बुधबार पनि काठमाडौं केन्द्रित सडक आन्दोलनलाई निरन्तरता दिएका छन् । आन्दोलनमा सहभागी हुन देशैभरबाट शिक्षकहरु आउने क्रम पनि बढेको छ । जसका कारण बुधबार माइतीघर देखि बानेश्वरसम्मको सडकमा यातायात आवागमन अवरुद्ध समेत भएको थियो ।
![Agitated teachers cover electricity market road [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/teacher-protest-11-0942025102744-1000x0.jpg&w=1001&h=0)