बल्खुमा राप्रपाको प्रदर्शन [तस्बिरहरु]

चैत्र २६, २०८१

अंगद ढकाल

RPP demonstration in Balkhu [Photos]

काठमाडौँ — बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन सुरु भएको छ । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुन:स्थापनाको मागसहित राप्रपाले बृहत् प्रदर्शन र आमसभा आयोजना गरेको बताएको छ । आजको सभालाई राप्रपाले व्यवस्था बदल्ने खबरदारी सभा समेत भनेको छ ।

RPP demonstration in Balkhu [Photos]

'अवस्था बदल्न, व्यवस्था बदलौँ' भन्ने नारासहित विभिन्न स्थानबाट राप्रपाका कार्यकर्ता जुलुस निकालेर बल्खुमा सभा गरेका हुन् । कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङदेन लगायतका नेताहरुले सम्बोधन गर्ने तालिका रहेको छ ।सभास्थल आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । यहाँ करिब २ हजार सुरक्षाकर्मी तैनाथ छन् । आजको सभालाई शान्तिपूर्ण र मर्यादित बनाउन राप्रपाले स्वयंसेवक परिचालनमा विशेष ध्यान दिएको बताएको छ । यसअघि राप्रपाका नेताहरूसमेतको सहभागितामा राजावादीहरूले चैत १५ गते तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेकाले राप्रपाको आजको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् ।

RPP demonstration in Balkhu [Photos]
RPP demonstration in Balkhu [Photos]
RPP demonstration in Balkhu [Photos]
RPP demonstration in Balkhu [Photos]
RPP demonstration in Balkhu [Photos]
RPP demonstration in Balkhu [Photos]
RPP demonstration in Balkhu [Photos]
RPP demonstration in Balkhu [Photos]
RPP demonstration in Balkhu [Photos]
RPP demonstration in Balkhu [Photos]
RPP demonstration in Balkhu [Photos]
RPP demonstration in Balkhu [Photos]

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully