काठमाडौँ — बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको सभालाई ध्यानमा राखेर ठूलो संख्यामा प्रहरी र सुरक्षाकर्मी तैनाथ गरिएको छ । सभास्थल आसपासका क्षेत्रमा करिब २ हजार सुरक्षाकर्मी तैनाथ भएका छन् । आजको सभालाई शान्तिपूर्ण र मर्यादित बनाउन राप्रपाले स्वयंसेवक परिचालनमा विशेष ध्यान दिएको बताएको छ । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुन:स्थापनाको मागसहित राप्रपाले सभा गर्न लागेको हो ।
![Balkhu's security alert high [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/balkhu-surakhshya-kada-rpp-sabha-2081-12-26-4-0842025083411-1000x0.jpg&w=1001&h=0)