काठमाडौँ — वर्षा र सहकालका देवता मानिएका सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु गरिएको छ । रथयात्रा सुरु गर्नुअघि केलटोलबाट मच्छिन्द्रनाथलाई खटमा राखी ल्याउने चलन छ । यसरी ल्याइएको मच्छिन्द्रनाथलाई दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडि बनाइएको रथमा रथारोहण गराइन्छ ।
प्रत्येक वर्ष चैत शुक्ल अष्टमीको दिनबाट रथयात्रा सुरु गरिन्छ । काठमाडौंको पुरानो बस्ती भएको सहरको भित्री भाग हुँदै चल्ने यो रथयात्रा तीन दिनसम्म चलाउने गरिन्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ । शनिबार पहिलो दिन सेतो मच्छिन्द्रनाथलाई जमलबाट असनसम्म पुर्याइन्छ । अर्को दिन असनबाट हनुमान ढोका अगाडिसम्म र त्यसको भोलिपल्ट अर्थात् तेस्रो दिन मच्छिन्द्रनाथको रथ तानेर हनुमान ढोकाबाट लगनसम्म लैजाने चलन छ ।
![Chariot of Seto Machhindranath [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/setomachhindranathchariot04052025dsc07506-copy-0542025053050-1000x0.jpg&w=1001&h=0)
![Chariot of Seto Machhindranath [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/setomachhindranathchariot040520252m4a1606-copy-0542025053145-1000x0.jpg&w=1001&h=0)