कपिलवस्तु — ईदका दिन मुस्लिम बहुल्यता रहेको कपिलवस्तुको तौलिहवास्थित ईदगाह र मस्जिदमा मुस्लिम धर्मावलम्बीहरू भेला भएर प्रार्थना गरेका छन् । ईद पर्वकै कारण ईदगाह र मस्जिद उल्लासमय बनेका छन् ।
ईदका दिन सोमबार, मुस्लिम धर्मावलम्बीहरूले कपिलवस्तु नगरपालिकाको बसपार्कस्थित ईदगाह र छोट्की तौलिहवास्थित मस्जिद पुगेर नमाज पढेका छन् । सानादेखि लिएर ठूला सबैले बिहानै स्नान गरी सफा भई नयाँ कपडा लगाएर पुगेका थिए। सबैले धार्मिक विधिपूर्वक नमाज पढे। त्यसपछि सबैजनाले अंगालोमा बाँधी, गला मिलाएर खुसीयाली साटासाट गरे। गरिब र विपन्नलाई दान दिइयो ।
![Eid Celebration at Kapilvastu [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/eidmanoj-photo12-3132025070712-1000x0.jpg&w=1001&h=0)
![Eid Celebration at Kapilvastu [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/eidmanoj-photo17-3132025070905-1000x0.jpg&w=1001&h=0)