काठमाडौँ — राजावादीले आगजनी, तोडफोड र लुटपाट गरेको काठमाडौंको तीनकुने, कोटेश्वरलगायतका क्षेत्रमा अनुगमनका क्रममा गृहमन्त्री रमेश लेखक तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयमा पुगेर निरीक्षण गरेका छन् । अनुगमनमा गएका उनलाई कान्तिपुरकर्मीहरुले शुक्रबारको घटनाबारे ब्रिफिङ गरेका छन् ।
गृहमन्त्री लेखकले कान्तिपुर लगायतका सञ्चारगृहमा राजावादीहरूले गरेको आक्रमण निन्दनीय रहेको बताएका छन् । उनले सञ्चारगृह र सञ्चारकर्मीलाई आफ्नो काम निर्वाध गर्नका लागि सुरक्षा व्यवस्था गर्ने पनि प्रतिबद्धता गरेका छन् । राजावादीहरूले शुक्रबार तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा कान्तिपुरको कार्यालयमा क्षति पुर्याएका थिए ।
![Home Minister visited the office of Kantipur Television [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/home-minister-at-ktv-13-2932025064524-1000x0.jpg&w=1001&h=0)
![Home Minister visited the office of Kantipur Television [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/home-minister-at-ktv-1-2932025064600-1000x0.jpg&w=1001&h=0)