पत्रकार मृत्यु र मिडियामाथिको आक्रमणविरुद्ध प्रदर्शन [तस्बिरहरु]

चैत्र १६, २०८१

दीपक केसी

Demonstration against journalist death and attacks on media [Photos]

काठमाडौँ — राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा रिपोर्टिङ गरिरहेका पत्रकारको मृत्यु र सञ्चारसंस्थामाथि भएको आक्रमणको घटनालाई लिएर नेपाल पत्रकार महासंघको अगुवाइमा शनिबार माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनका क्रममा विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकार, फोटोपत्रकार, भिडियो पत्रकारहरुले रिपोर्टिङका क्रममा दिवंगत भएका भिडियो पत्रकार सुरेश रजकलाई श्रद्धाञ्जली अर्पण गर्दै पत्रकारहरुको पेसागत सुरक्षाको ग्यारेन्टीको माग गरेका छन् ।

Demonstration against journalist death and attacks on media [Photos]

हिजोको प्रदर्शनका क्रममा तीनकुनेस्थित भवनमा आगजनी हुँदा एभिन्युज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकको मृत्यु भएको छ । प्रदर्शनकारीले कान्तिपुर टेलिभिजन तथा अन्नपूर्ण मिडियाको कार्यालयमा आक्रमण गरेका थिए । यस्तै हिमालयन टेलिभिजनको सवारीसाधन तोडफोड गरेका छन् ।

Demonstration against journalist death and attacks on media [Photos]
Demonstration against journalist death and attacks on media [Photos]
Demonstration against journalist death and attacks on media [Photos]
Demonstration against journalist death and attacks on media [Photos]
Demonstration against journalist death and attacks on media [Photos]

दीपक केसी केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully