काठमाडौँ — राजसंस्था समर्थित प्रदर्शनकारीले काठमाडौँको तीनकुनेमा निषेधित क्षेत्र तोड्न लाग्दा भएको झडपपछि ठूलो जनधनको क्षति भएको छ । प्रदर्शनकारीहरुले केही निजी घरमा तोडफोड तथा आगजनी गरेका छन् भने सरकारी कार्यालय, गाडीसमेत जलाए। त्यसक्रममा आन्दोलनकारी र प्रहरीबीच झडपसमेत भएको छ ।
झडपका क्रममा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको छ । आन्दोलनकारीले निजी घरमा आगजनी गर्दा फोटो पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको छ । आगजनी र तोडफोड गर्दै निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीसँग झडप भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्यले जानकारी दिए ।
![After the royalist movement became fierce... [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/rajabadiprotestkoteshworjadibuti03282025j2a6267-copy-2832025055252-1000x0.jpg&w=1001&h=0)
![After the royalist movement became fierce... [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/samajbadiofficeprotest03282025j2a5999-copy-2832025055630-1000x0.jpg&w=1001&h=0)