कुलमानलाई हटाएको विरोधमा बुधबार पनि प्रदर्शन [तस्बिरहरू]

चैत्र १३, २०८१

दीपक केसी

Demonstration against Kulman's removal on Wednesday [Photos]

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोमा चौतर्फी विरोध भएको छ । सत्तारुढ दल एवं प्रतिपक्षी दलका नेताहरुले समेत कुलमानलाई हटाउने निर्णयको विरोध गरिरहेका छन् । यसैबीच कुलमान हटाएको विरोधमा सरकारविरुद्ध बुधबार पनि रत्नपार्कस्थित प्राधिकरणको कार्यालय अगाडि विभिन्न समूहले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा घिसिङका समर्थक र प्रहरीबीच घम्साघम्सी समेत भएको छ ।

Demonstration against Kulman's removal on Wednesday [Photos]

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त पदमा रहेका कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई नियुक्त गरेको हो ।

Demonstration against Kulman's removal on Wednesday [Photos]
Demonstration against Kulman's removal on Wednesday [Photos]
Demonstration against Kulman's removal on Wednesday [Photos]
Demonstration against Kulman's removal on Wednesday [Photos]
Demonstration against Kulman's removal on Wednesday [Photos]

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully