कुलमानलाई हटाएको विरोधमा सरकारविरुद्ध प्रदर्शन [तस्बिरहरू]

चैत्र १२, २०८१

दीपक केसी

Demonstration against the government against the removal of Kulman [Photos]

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । सत्तारुढ दल कांग्रेसबाटै कुलमानलाई हटाउने निर्णयको विरोध भइरहेको छ । यसैबीच कुलमान हटाएको विरोधमा सरकारविरुद्ध मंगलबार काठमाडौंको माइतीघर र बानेश्वरमा विभिन्न समूहले प्रदर्शन गरिरहेका छन् ।

Demonstration against the government against the removal of Kulman [Photos]

उनीहरूले 'कता हिँडेको ? बिजुली मारेर, कुलमान फालेर', हामी जनता हेरेको हेर्यै, 'सरकार जान्ने भो धेरै' लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त पदमा रहेका कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई नियुक्त गरेको हो ।

Demonstration against the government against the removal of Kulman [Photos]
Demonstration against the government against the removal of Kulman [Photos]
Demonstration against the government against the removal of Kulman [Photos]
Demonstration against the government against the removal of Kulman [Photos]
Demonstration against the government against the removal of Kulman [Photos]
Demonstration against the government against the removal of Kulman [Photos]
Demonstration against the government against the removal of Kulman [Photos]

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully