चितवन — एकसिंगे गैंडा, पाटे बाघ र जलचर घडियाल गोहीको नेपालमा मुख्य बासस्थल हो चितवन राष्ट्रिय निकुञ्ज । निकुञ्जको मुख्यालय हो कसरा । कसरा जान राप्ती नदी तर्दै गर्दा नै दुर्लभ घडियाल गोही देखिन्छ ।
राप्ती नदीको पुलको बीचोबीच भागमा पुग्दै गर्दा बालुवाको स–सानो ढिस्को जस्तो छ । सौराहाबाट जंगल सफारीमा पश्चिम हिँडेका पर्यटक बोकेका जीपहरु कसरासम्म आउँछन् । आधा दिनको सफारी कसरा आएपछि टुङ्गिन्छ । पूरा दिनको जंगल सफारीमा आएका जिप कसराबाट पनि पश्चिम लाग्छन् । कसरा वरपर छन् लामिताल, तमोर ताल,थपलिया ताल जस्ता सीमसार क्षेत्र, सालको जंगल र घाँसेमैदानका साना ठूला फाँट । तालमा पनि मगर गोहीका साथमा अर्को दुर्लभ वन्यजन्तु गैंडा देखिन्छ ।
![Watch in Bagh, Peacock and Rhino in Forest [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/3-wildlife-2432025111732-1000x0.png&w=1001&h=0)
![Watch in Bagh, Peacock and Rhino in Forest [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/water-birdlamital-2432025110910-1000x0.jpg&w=1001&h=0)