रानीपोखरी बिहान ५ देखि बेलुकी ४ बजेसम्म खुला हुन्छ
काठमाडौँ — काठमाडौं महानगरपालिकाले सर्वसाधारण घुम्नका लागि रानीपोखरी उद्यन खुला गरेको छ । महानगरले पछिल्लो तीन महिनादेखि सर्वसाधारणको लागि घुमघाम गर्न रानीपोखरी उद्यन खुला गरेको हो ।
शंखधर उद्यान तथा रानीपोखरी ईकाई प्रमुख दामोदर लामाका अनुसार सर्वसाधरणका लागि प्रवेश निःशुल्क गरिएको छ । रानीपोखरी प्रवेश गरेपछि सर्वसाधरणले खान, बस्न, घुम्न सक्नेछन् ।

