काठमाडौँ — यस वर्षको काठमाडौं पिंक केयरएथन सम्पन्न भएको छ ।
महिलाको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यका साथ लेजर पोर्टले सन् २०१७ देखि पिंकाथनको नामबाट गर्दै आएको पिंक केयरएथन यसपटक जावलाखेल फुटबल मैदानमा भएको हो ।
काठमाडौं पिंक केयरएथनमा महिलाको दौड, जुम्बालगायतका कार्यक्रम हुनेछ । यो इभेन्टको मुख्य उद्देश्य सधैं घरायसी कामकाज र दैनिकीमा व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यप्रति समय निकाल्न प्रेरित गर्नु रहेको छ ।