तेस्रो लुम्बिनी पिस म्याराथनको उपाधि भारतीय सेनाका अनिसलाई

चैत्र ९, २०८१

मनोज पौडेल

3rd Lumbini Peace Marathon title to Anis of Indian Army

लुम्बिनी — तेस्रो लुम्बिनी पिस म्याराथनको उपाधि भारतीय सेनाका अनिस थापा मगरले जितेका छन्। फोर एट गोर्खा राइफल्सका मगरले २ घण्टा २० मिनेट १८ सेकेण्डमा ४२ किमि लामो म्याराथन पूरा गरी प्रथम स्थान प्राप्त गरेका हुन्। उनले ३ लाख ५० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।

3rd Lumbini Peace Marathon title to Anis of Indian Army

त्यसैगरी, त्रिभुवन आर्मी क्लबका सुशिलकुमार शाही दोस्रो स्थानमा रहे। उनले उक्त दूरी २ घण्टा २० मिनेट २५ सेकेण्डमा पूरा गरी २ लाख ५० हजार नगद पुरस्कार जिते। केन्याका धावक स्टेफेन कोस्गेईले २ घण्टा २० मिनेट ४७ सेकेण्डमा म्याराथन पूरा गरी तेस्रो स्थान हासिल गरे। उनले १ लाख ५० हजार नगद पुरस्कार जिते।

3rd Lumbini Peace Marathon title to Anis of Indian Army

२१ किमीको महिला हाफ म्याराथनमा, सन्तोषी श्रेष्ठले एक घण्टा २० मिनेट ५ सेकेण्डमा दूरी पूरा गरी प्रथम स्थान हासिल गरिन्। उनले १ लाख ५० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन्। त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले २ घण्टा २१ मिनेट ४९ सेकेण्डमा दूरी पूरा गरी दोस्रो स्थान पाईन्। उनले १ लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन्। चीनकी चेन वेईले २ घण्टा २६ मिनेटमा दूरी पूरा गरी तेस्रो स्थान पाईन्। उनले ८० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन्।

3rd Lumbini Peace Marathon title to Anis of Indian Army

बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको उक्त प्रतियोगितामा पुरस्कृत खेलाडीहरूलाई चीनका राजदूत चेन सोङ र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए।

3rd Lumbini Peace Marathon title to Anis of Indian Army

यसका साथै, ५ किमी दूरीका छात्र-छात्राको म्याराथन र ३ किमीको वकाथन प्रतियोगितासमेत सम्पन्न भएका थिए। दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति तथा ध्यान महोत्सव कार्यक्रमअन्तर्गत चिनियाँ दूतावासको सहकार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित विभिन्न निकायहरूले म्याराथनको आयोजना गरेका थिए।

मनोज

Link copied successfully