काठमाडौँ — बुधबार र बिहीबार पानी परेपछि काठमाडौं उपत्यकाको आकाश सफा देखिएको छ । आकाशमा धुँवा मिसिएको प्रदूषणले काठमाडौं बेला-बेला विश्वकै प्रदूषित सहरको सूचीमा आउने गर्छ । २०७७ चैतमा ललितपुरको भैंसेपाटीमा वायुको गुणस्तर सूचकांक ४७०, भक्तपुरमा ३०५ र सिमरामा २४८ पुगेको थियो ।
जेनेभास्थित 'आईक्यू एअर' को विश्व गुणस्तर प्रतिवेदन-२०२४ ले पनि नेपाल विश्वकै ७औं अति प्रदूषित सहरका रूपमा देखाएको छ । त्यस्तै राजधानीमा काठमाडौं विश्वकै ८औं प्रदूषित सहर भएको उक्त प्रतिवेदनले जनाएको छ । पर्याप्त वर्षा नहुँदा हिँउदमा काठमाडौं उपत्यकाको आकाश प्रदूषित हुने गर्दछ । ५० सम्मको एक्यूआईलाई सन्तोषजनक र १५० देखि २ सयसम्मलाई अस्वस्थ मानिन्छ ।
स्वस्थ वातावरणका लागि हावामा २.५ माइक्रोनभन्दा सानो व्यास भएका कण (पीएम २.५) को मात्रा प्रतिघनमिटरमा ५ माइक्रोग्राम वा त्यसभन्दा कम हुनुपर्छ । तर, काठमाडौंमा यसको मात्रा अधिकतम १२०.५७ रहेको पाइने गरेको छ । यस्ता कणमा नाइट्रेट्स, सल्फेट, ब्ल्याक कार्बन, एमोनियम र धूलोका कण हुन्छन् जुन स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छन् ।
![Kathmandu's sky opens up after rain [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/cleankathmanduvalley03-1432025014112-1000x0.jpg&w=1001&h=0)
![Kathmandu's sky opens up after rain [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/cleankathmanduvalley10-1432025014311-1000x0.jpg&w=1001&h=0)
![Kathmandu's sky opens up after rain [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/cleankathmanduvalley09-1432025014256-1000x0.jpg&w=1001&h=0)