कपिलवस्तुमा होली उमंग

चैत्र १, २०८१

मनोज पौडेल

Holi Umang in Kapilvastu

कपिलवस्तु — उल्लास र उमंग सञ्चार गर्ने पर्व होली शुक्रबार बिहानैदेखि सदरमुकाम तौलिहवा र आसपासका क्षेत्रमा खेलेर मनाइयो। सानादेखि ठूला सबैले रंग र अबिरको पर्व होली सडक, चोक, गल्ली र घर-घरमा खेलेका थिए। यहाँ बालबालिका, युवादेखि महिला र बुढापाका पनि सडकमा होली खेल्दै रमाइलो गरेका थिए।

Holi Umang in Kapilvastu

चोकचोकमा होलीका आधुनिक गीत संगीतका डिजे बजाएर रमाइलो गर्ने उत्तिकै थिए। रंग र अबिरसँगै नाचगान गर्दै रमाउने समूह पनि सडकमा उस्तै हिँडेका थिए।

Holi Umang in Kapilvastu

अधिकांश बजार र ग्रामीण क्षेत्र रंग, अबिर, लोला र पिचकारीका रंगले रंगिए। बिहानैदेखि होलीका सामान पाइने पसलमा भीड थियो। तौलिहवा, प्रमुख व्यापारिक केन्द्र कृष्णनगर र चन्द्रौटा बजार होलीमय बनेको छ।

Holi Umang in Kapilvastu

आपसी मित्रता र सद्भाव प्रगाढ बनाउन होली खेलेर खुसीयाली साटासाट गरिएको अवध लोककला विशेषज्ञ विक्रममणी त्रिपाठीले बताए। यहाँ सर्वसाधारण, कर्मचारी, दलका नेतादेखि कार्यकर्ता समूह-समूहमा होली खेलेर रमाइलो गरेका थिए। होलीमा अमर्यादित र दुर्घटनालाई मध्यनजर गरेर प्रहरीले ठाउँ-ठाउँमा चेकजाँच कडा गरेर सुरक्षा व्यवस्था सुदृढ गरेको थियो।

Holi Umang in Kapilvastu
Holi Umang in Kapilvastu
Holi Umang in Kapilvastu
Holi Umang in Kapilvastu
Holi Umang in Kapilvastu
Holi Umang in Kapilvastu
Holi Umang in Kapilvastu
Holi Umang in Kapilvastu
Holi Umang in Kapilvastu
Holi Umang in Kapilvastu
Holi Umang in Kapilvastu
Holi Umang in Kapilvastu
Holi Umang in Kapilvastu
Holi Umang in Kapilvastu
Holi Umang in Kapilvastu

मनोज पौडेल

Link copied successfully