काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा विभिन्न ठाउँबाट र्याली निकालिएको छ । राप्रपा, राप्रपा नेपालसहित विभिन्न संघ संस्था तथा समूहहरूले ज्ञानेन्द्रको स्वागतमा र्याली निकालेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरू ज्ञानेन्द्रको स्वागतमा पुगेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र आइतबार पोखराबाट चार्टड विमानमा काठमाडौं आएका हुन् । शाहवंशको कूलमन्दिरका रूपमा रहेको स्याङ्जाको आलमदेवी पुगेका ज्ञानेन्द्र केही दिनदेखि पोखरामै रहेका थिए । ठाउँठाउँमा र्यालीका लागि निस्किएको भीडका कारण काठमाडौं उपत्यकाको ट्राफिक अस्तव्यस्त भएको थियो । विमानस्थल वरपर भीड भएकाले सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
![Former King Gyanendra welcomed to Kathmandu on his return from Pokhara [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/ex-king-swagat-1-0932025010644-1000x0.jpg&w=1001&h=0)
![Former King Gyanendra welcomed to Kathmandu on his return from Pokhara [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/ex-king-swagat-12-0932025010742-1000x0.jpg&w=1001&h=0)