काठमाडौंमा ह्‍विलचेयर रेस [तस्बिरहरु]

फाल्गुन २४, २०८१

दीपक केसी

Wheelchair Race in Kathmandu [Photos]

काठमाडौँ — 'मेरो ह्विलचेयर, मेरो स्वतन्त्रता' नारासहित काठमाडौंमा शनिबार ह्‍विलचेयर दौड सम्पन्न भएको छ । अपाङ्गता भएकाहरुलाई प्रोत्साहनका लागि हस्तकला लगायतका सिप सिकाउँदै आएको बीआईए संस्थाको आयोजना उक्त रेस सम्पन्न भएको हो ।

Wheelchair Race in Kathmandu [Photos]

पाँच किलोमिटर दुरीको प्रतियोगिताको भृकुटीमण्डपबाट सुरु भएर सुन्धारा–जमल–केशर महल–दरबारमार्ग–घन्टाघर हुँदै भृकुटीमण्डपमा आएर टुंगिएको थियो ।

Wheelchair Race in Kathmandu [Photos]

पुरुषहरुको रेसमा रमेश खत्री पहिलो, प्रेमबहादुर बीके दोस्रो, सन्तोष कार्की तेस्रो भएका छन् । महिलाहरुको रेसमा ऐश्वर्याकुमारी कुमाल पहिलो, यामी झाँक्री मगर दोस्रो र राजनी राई तेस्रो भएका थिए । विजेताहरुलाई क्रमश: ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार र मेडल वितरण गरिएको र अन्य १० सहभागीलाई उपहार सामग्री प्रदान गरिएको बीआईएका कार्यकारी निर्देशक गोकर्ण ढुंगानाले जानकारी दिएका छन् । संस्थाले अपाङ्गता भएकाहरुको प्रोत्साहनका लागि सन् २०१७ देखि ह्‍विलचेयर दौड आयोजना गर्दै आएको उनले बताए ।

Wheelchair Race in Kathmandu [Photos]
Wheelchair Race in Kathmandu [Photos]
Wheelchair Race in Kathmandu [Photos]
Wheelchair Race in Kathmandu [Photos]
Wheelchair Race in Kathmandu [Photos]
Wheelchair Race in Kathmandu [Photos]
Wheelchair Race in Kathmandu [Photos]
Wheelchair Race in Kathmandu [Photos]
Wheelchair Race in Kathmandu [Photos]
Wheelchair Race in Kathmandu [Photos]
Wheelchair Race in Kathmandu [Photos]

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully