काठमाडौँ — पाथीभरा-मुकुम्लुङ क्षेत्रमा केबलकार निर्माण तत्काल बन्द गर्नुपर्ने मागसहित काठमाडौंमा विरोध प्रदर्शन भएको छ । किरात याक्थुङ चुम्लुङ र आदिवासी नेवा: राजीतिक अभियानलगायतको आयोजनामा माइतीघरमा प्रदर्शन भएको हो ।
प्रदर्शनका क्रममा मुकुम्लुङ आन्दोलनमा भएको राज्यको दमन रोक्न माग गरिएको छ । त्यस्तै केबलकार निर्माण तत्काल बन्द गर्न र पवित्र मुन्धुमी धार्मिक क्षेत्रबाट सशस्त्र प्रहरी फिर्ता गर्नुपर्नेलगायतका माग उनीहरूको छ ।