हिउँमा रमाउँदै पर्यटक [तस्बिरहरू]

फाल्गुन १७, २०८१

महेश केसी

Tourists enjoying the snow [Photos]

रूकुम पूर्व — बिहीबार रातिदेखि मौसममा बदली भएसँगै रूकुम पूर्वका उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ। हिमपातपछि हिउँ खेल्न जानेहरु बढेका छन् ।

Tourists enjoying the snow [Photos]

हिमपातकै कारण मध्यपहाडी लोकमार्गअन्तर्गत रूकुम पूर्व र बागलुङ सीमास्थल पाथिहाल्ने आसपासमा यातायात सञ्चालनमा असहज भएको छ। शुक्रबार दिनभरि पूर्णत: बन्द रहेको यो मार्गमा आज सवारी साधन सञ्चालनको कोसिस गरिए पनि निकै कठिन भएको छ। झन्डै ३ फिट बाक्लो हिउँ हटाउने प्रयास सफल नहुँदा जोखिम मोलेर यात्रा गरिरहेका सवारी चालक र यात्रुहरूले यात्रा गर्न कठिन भएको सवारी चालक तेजेन्द्र सेर्पालीले बताए ।

Tourists enjoying the snow [Photos]

प्रतिकूल मौसम र जोखिमपूर्ण बाटो छिचोलेर पाथिहाल्ने र आसपासमा परेको हिउँमा रमाउन रूकुम र बागलुङबाट थुप्रै आन्तरिक पर्यटक यहाँ पुगेर हिउँसँग रमेका छन् ।

Tourists enjoying the snow [Photos]

समुन्द्री सतहबाट करिब ३२ सय मिटर उचाइमा रहेको रुकुम पूर्व तथा बागलुङको सिमाना स्थल पाथिहाल्ने र आसपासमा हिउँदका बेला सवारी साधनमा आउजाउ गर्न समस्या हुने गरेको छ ।

Tourists enjoying the snow [Photos]

हिउँ पन्छाएर यातायात सहज बनाउन रूकुम पूर्वको प्रशासन र सुरक्षाकर्मीले सकेको कोसिस गरिरहेका छन् तर पर्याप्त औजार-उपकरण अभावका कारण मुस्किल हुने गरेको प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद न्यौपानेले बताए ।

Tourists enjoying the snow [Photos]
Tourists enjoying the snow [Photos]
Tourists enjoying the snow [Photos]
Tourists enjoying the snow [Photos]
Tourists enjoying the snow [Photos]
Tourists enjoying the snow [Photos]
Tourists enjoying the snow [Photos]
Tourists enjoying the snow [Photos]
Tourists enjoying the snow [Photos]
Tourists enjoying the snow [Photos]
Tourists enjoying the snow [Photos]
Tourists enjoying the snow [Photos]
Tourists enjoying the snow [Photos]
Tourists enjoying the snow [Photos]
Tourists enjoying the snow [Photos]
Tourists enjoying the snow [Photos]
Tourists enjoying the snow [Photos]
Tourists enjoying the snow [Photos]

महेश केसी केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully