काठमाडौँ — महाशिवरात्रिमा पशुपतिनाथमा मेला भर्न आएका साधुसन्तहरुलाई शुक्रबार पशुपतिनाथ मन्दिरको मूल गेट अगाडि एक कार्यक्रम गरी बिदाइ गरिएको छ । उनीहरूलाई बाटो खर्चसहित बिदाइ गरिएको हो । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले साधुसन्तहरुलाई बिदाइ गरेका हुन् । साधुसन्तहरुलाई शुक्रबार दिउँसोसम्मको खाना र आवासकोसमेत व्यवस्था गरिएको कोषले जानकारी दिएको छ ।
![Farewell to Saints at Pashupatinath [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/farewelltosadubabaatpashupati202502281985-2822025105448-1000x0.jpg&w=1001&h=0)