मनाइयो ग्याल्पो ल्होसार [तस्बिरहरू]

फाल्गुन १६, २०८१

दीपक केसी

Celebrated Galpo Lhosar [Photos]

काठमाडौँ — प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार काठमाडौंको बौद्धमा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

Celebrated Galpo Lhosar [Photos]

नयाँ वर्षका रूपमा शेर्पा समुदायले शुक्रबार २१५२औँ ग्याल्पो ल्होसार मनाएका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ ।

Celebrated Galpo Lhosar [Photos]

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले बताए । यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको जानकारी पनि उनले दिए । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरूङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् ।

Celebrated Galpo Lhosar [Photos]
Celebrated Galpo Lhosar [Photos]
Celebrated Galpo Lhosar [Photos]
Celebrated Galpo Lhosar [Photos]
Celebrated Galpo Lhosar [Photos]
Celebrated Galpo Lhosar [Photos]
Celebrated Galpo Lhosar [Photos]

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully