काठमाडौँ — नेपाली सेनाले हरेक वर्ष शिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ । यस वर्षको सेना दिवस–२०८१ फागुन १४ मा महाशिवरात्रीका दिन सैनिक मञ्च टुँडिखेलमा विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथ मनाइएको छ ।
कार्यक्रममा सैनिक हवाई महानिर्देशनालयले हेलिकप्टरबाट सेना दिवसको ब्यानर प्रदर्शन, गण तथा गुल्महरूबाट मार्चपास, कवाज प्रदर्शन, प्यारा तालिम शिक्षालयका अधिकृत तथा जवानले हवाईजहाजबाट फ्रि-फल जम्प प्रदर्शन गरेका थिए । कवाजले राइफल तथा तोपबाट शिवरात्रि बढाइँसमेत गरेको थियो । नेपालमा २०४७ सालदेखि महाशिवरात्रिको दिन पारेर सेना दिवस मनाउन सुरु गरिएको देखिन्छ ।
![Army Day celebrated in Tundikhel [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/nepalarmydaytudikhel202502261944-2622025072955-1000x0.jpg&w=1001&h=0)
![Army Day celebrated in Tundikhel [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/nepalarmydaytudikhel202502261964-2622025073351-1000x0.jpg&w=1001&h=0)