कुम्भमेलामा आस्थाको डुबुल्की [तस्बिरहरू] 

फाल्गुन १२, २०८१

मनोज पौडेल

A Dive of Faith at Kumbh Mela [Photos]

प्रयागराज (भारत) — धार्मिक, सांस्कृतिक र सामाजिक पर्वका रुपमा लिइएको कुम्भ सकिन लागेको छ । मेला सकिन तीन दिन बाँकी हुँदा आइतबारसम्म ५८ करोडभन्दा बढीले कुम्भमेलामा स्नान गरेको भारतीय टेलिभिजन च्यानल आजतकले जनाएको छ ।

A Dive of Faith at Kumbh Mela [Photos]

जनवरी १३ मा सुरु भएको कुम्भमेला फेब्रुअरी २६ मा सकिँदै छ । कुम्भमेलाले हिन्दु धर्मावलम्बीको मात्र नभई विश्वका अन्य समुदायको पनि ध्यान उत्तिकै खिचेको छ । अन्य समुदायका मानिस पनि ठूलो संख्यामा मेलामा सहभागी बनेका छन् ।४५ दिनसम्म चल्ने मेलामा हिन्दु धर्मावलम्बीले भारतको सबैभन्दा पवित्र नदी मानिने गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगममा स्नान गरिरहेका छन् । पवित्र नदीको संगममा स्नान गर्दा पाप मोचन हुने र आत्मा शुद्ध हुने जनविश्वास छ ।

A Dive of Faith at Kumbh Mela [Photos]

शिवरात्रिका दिन समापन हुने मेलालाई संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले मानवताको अमूर्त सम्पदाको मान्यता दिएको छ ।कुम्भमेलाको उत्पत्ति महासागर मन्थनका क्रममा उत्पन्न अमृतको कुम्भलाई लिएर देवता र दानवबीचको लडाइँको पौराणिक कथामा आधारित छ । अमृतको भाँडोका विषयमा दुई पक्षबीच भएको लडाइँमा अमृतका केही थोपा भारतका प्रयागराज, हरिद्वार, उज्जैन र नासिकमा खसेको मान्यता छ ।

A Dive of Faith at Kumbh Mela [Photos]

प्रत्येक १२ वर्षमा एकपटक प्रयागराजमा पूर्ण कुम्भमेला लाग्छ । ६ वर्षमा अर्धकुम्भ मेला आयोजना गरिन्छ । प्रत्येक १४४ वर्ष अर्थात् १२ कुम्भ चक्रपछि महाकुम्भ मेला हुने भएकाले यसपटक विषेश मेला मानिएको हो ।

A Dive of Faith at Kumbh Mela [Photos]
A Dive of Faith at Kumbh Mela [Photos]
A Dive of Faith at Kumbh Mela [Photos]
A Dive of Faith at Kumbh Mela [Photos]
A Dive of Faith at Kumbh Mela [Photos]
A Dive of Faith at Kumbh Mela [Photos]
A Dive of Faith at Kumbh Mela [Photos]

मनोज

Link copied successfully