सिवामा झाँकीले थप्यो रौनक [तस्बिरहरु]

फाल्गुन ८, २०८१

लक्ष्मी गौतम

Tableau adds to the charm [Photos]

पाँचथर — पाँचथरको फिदिम नगरपालिका-६ सिवा साताभर थरीथरी झाँकी सहितका सांस्कृतिक नृत्यहरुले गुल्जार बन्यो । यस क्षेत्रमा बसोबास गर्दै आएका आदिवासी जनजाती समुदायका लिम्बू, राई र मगर सहितका जातजातीको संस्कृति जगेर्ना गर्न आयोजित सिवा कला साहित्य र संस्कृति महोत्सवमा विभिन्न स्थानबाट आएका झाँकी सहितका नृत्यले फागुन २ देखि ८ गतेसम्म यो क्षेत्र गुल्जार बनेको हो ।

Tableau adds to the charm [Photos]

महोत्सवमा प्रत्येक दिन फरकफरक रस र स्वादका साहित्य संगीत प्रस्तुत गर्नका साथै लोपोन्मुख मौलिक संस्कृतिहरु प्रस्तुत गरिए । रैथाने संस्कार, संस्कृतितको प्रवर्द्धन गर्न प्रतियोगी र अप्रतियोगी कार्यक्रम नृत्य सहितका झाँकी प्रस्तुत गरिएको आयोजक समितिका संयोजक समेत रहेका स्थानीय वडाध्यक्ष बिपन तुम्रोकले बताए ।महोत्सवमा पुर्वेली लोक भाकामा आधारित हाक्पारे, ख्याली र पालाम गुञ्जिए भने भाषाभाषीका रचना समेटिएको साहित्यक संगोष्ठी आयोजना गरियो । महोत्सवलाई गुल्जार बनाएका झाँकी हेर्न विभिन्न स्थानबाट दर्शक सिवा आइपुगेका थिए । यहाँ जिल्लाको कुम्मायक, फालेलुङ, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकाबाट जातीय भेषभुषामा सजिएर आएका कलाकारले बाजागाजासहित झाँकी प्रस्तुत गर्दा बालकदेखि ज्येष्ठ नागरिकले रुचीका साथ हेरे । महोत्सवमा गुञ्जिएका च्याब्रुङ र ढोल नृत्यले आफूहरुलाई भरपुर मनोरञ्जन दिलाएको ७७ वर्षीय रामबहादुर तुम्रोकले प्रतिक्रिया दिए ।

Tableau adds to the charm [Photos]
Tableau adds to the charm [Photos]
Tableau adds to the charm [Photos]
Tableau adds to the charm [Photos]
Tableau adds to the charm [Photos]
Tableau adds to the charm [Photos]
Tableau adds to the charm [Photos]
Tableau adds to the charm [Photos]
Tableau adds to the charm [Photos]
Tableau adds to the charm [Photos]
Tableau adds to the charm [Photos]
Tableau adds to the charm [Photos]

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully