We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
Kantipur Publications celebrated its 32nd anniversary on Wednesday. Addressing the program, Kailash Sirohia, Chairman of Kantipur Media Group, said that journalism should be done for economic prosperity. Mentioning that the country's agenda was political change in the past and the media sector supported it, he said that economic prosperity is the country's agenda for now.
अध्यक्ष सिरोहियाले युवा पुस्तामा रहेको निराशालाई आशामा परिणत गर्ने जिम्मेवारी मिडियाको काँधमा रहेको बताए । मिडिया व्यवसाय मात्र नभएर जिम्मेवारी पनि भएको उनको भनाइ थियो । सिरोहियाले कान्तिपुरसँगै नेपालको पत्रकारिता पनि समृद्ध बनेको उल्लेख गरे । नेपालमा लोकतन्त्र स्थापनाका लागि कान्तिपुरले अहम् भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले वाक स्वतन्त्रता, स्वतन्त्र पत्रकारिता र राजनीतिक परिवर्तनलाई संस्थागत गर्नमा कान्तिपुर अगाडि बढिरहेको बताए । अध्यक्ष सिरोहियाले कान्तिपुर देशको हरेक परिवर्तनको हिस्सेदार रहेको प्रस्ट पारे । सञ्चार कर्म गरेका कारण विभिन्न शक्तिले झुकाउन खोजे पनि कान्तिपुर कहिल्यै नझुकेको उनको भनाइ थियो । सत्य समाचार प्राप्त गर्ने पाठक र लेख्ने पत्रकारको अधिकार भएकाले त्यो लेखेकै कारण कान्तिपुर कसैसँग नडराउने उनले उल्लेख गरे ।
कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहानले ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ ले समाजमा नकारात्मक प्रभाव पारिरहेको अवस्थामा जिम्मेवार पत्रकारिताको अझ बढी खाँचो पर्ने बताए । कान्तिपुर दैनिकले दक्षिण एसियाको पत्रकारितामा नै गर्विलो पहिचान बनाएको उल्लेख गर्दै उनले आगामी दिनमा यसलाई अझै बलियो बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘स्वतन्त्रता पत्रकारिताको प्राणवायु हो,’ उनले भने । प्रविधिमा आएको परिवर्तनसँगै कान्तिपुरले आफ्नो न्युज रुमलाई अपडेट गर्दै जाने उनको प्रतिबद्धता थियो ।
कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले प्रविधिमा आउने परिवर्तन सञ्चारमाध्यमका लागि अवसर भएको बताए । ‘४ वर्ष पहिले हामी एआईका बारेमा विभिन्न कल्पना गर्थ्यौं, आज कान्तिपुर न्युज रुमले एआई प्रयोग गरिरहेको छ । प्रविधिमा हुने विकासले पत्रकारितालाई मार्दैन,’ उनले भने । प्रविधिको प्रयोगले अझ बढी पाठक, दर्शक र श्रोतालाई सूचनाको पहुँचमा ल्याउन सहयोग मिल्ने उनको भनाइ थियो ।
कार्यक्रममा द काठमान्डु पोस्टका सम्पादक विश्वास बरालले अबको पत्रकारिता सहकार्य र विचार आदानप्रदान गर्दै अगाडि बढ्नुपर्ने बताए । कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेश स्वाँरले प्रविधिले हातहातमा सूचना पुर्याइरहेको अवस्थामा अब सञ्चार क्षेत्र नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने धारणा राखे । कान्तिपुरले नयाँ–नयाँ कार्यक्रम गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि स्पष्ट उद्देश्यसाथ अगाडि बढ्ने बताए ।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने पत्रकार र कर्मचारी पुरस्कृत भएका छन् । यस वर्षको ‘कान्तिपुर जर्नलिस्ट अफ द इयर’ बाट कान्तिपुर दैनिकका कुलचन्द्र न्यौपाने र ‘द काठमान्डु पोस्ट जर्नलिस्ट अफ द इयर’बाट काठमान्डु पोस्टका संगम प्रसाईं पुरस्कृत भएका छन् । लेआउटतर्फ नरेश राउत उत्कृष्ट घोषित भए । काभ्रे जिल्ला संवाददाता ज्योती श्रेष्ठले ‘रिजनल रिपोर्टर अफ द इयर’ पुरस्कार पाइन् । कर्पोरेट म्यानेजर सिम्रन श्रेष्ठ ‘कान्तिपुर चेयरमेन्स एक्सिलेन्स अवार्ड’ बाट पुरस्कृत भइन् । त्यस्तै, मानव संसाधन विभागकी नेहा बज्राचार्य, आईटी विभागका मनीषकुमार देव र मार्केटिङ विभागका विनोद भट्ट उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत भएका थिए । वार्षिकोत्सव कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र निर्देशक स्वस्तिका सिरोहियाले पत्रकार र कर्मचारीलाई पुरस्कार प्रदान गरेका थिए ।





