काठमाडौँ — सत्तारुढ कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारले संसद्मा दर्ता भएको सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध सडक प्रदर्शन गरेको छ । नेविसंघ सम्बद्ध विद्यार्थीहरुले बुधबार काठमाडौंको माइतीघरमा विधेयकविरुद्ध प्रदर्शन गरेका हुन् ।
नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आफ्नै माउ पार्टी कांग्रेसका नेताहरुविरुद्ध पनि प्रदर्शन गरेको हो । उनीहरुले प्रधानमन्त्री ओली र कांग्रेस नेतामाथि प्रश्न र व्यंग्य लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् । 'केपी बा समृद्ध नेपालमा बोल्न पाइन्न र ?', 'रोजगार दिएनौ त अब बोल्न देउ सरकार,' 'नियमन चाहिएको हो, नियन्त्रण होइन,' 'कांग्रेसको एक तारा, हराएको सूचना', 'प्रश्नसँग डराएको सरकार'लगायत नारा कार्डहरुमा लेखिएको थियो ।
![Navy said - Can't KP speak in prosperous Nepal? [pictures]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/protestagainstsocialmediabill12-1222025050344-1000x0.jpg&w=1001&h=0)
![Navy said - Can't KP speak in prosperous Nepal? [pictures]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/protestagainstsocialmediabill11-1222025050330-1000x0.jpg&w=1001&h=0)