Mohi farmers of Swargadwari Guthi carrying halojuwa on the road [Photos]

Magh 27, 2081

Durgalal Kc

Mohi farmers of Swargadwari Guthi carrying halojuwa on the road [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Mohi farmers came out on the streets of Ghorahi on Sunday, carrying halojuwa, demanding rights to the land of Swargadwari Guthi. They came out on the streets in support of the Mohi farmers who have been staging an indefinite dharna in Maitighar Mandal of Kathmandu since January 20.

Mohi farmers of Swargadwari Guthi carrying halojuwa on the road [Photos]

सयौंको संख्यामा आएका मोही किसानहले घोराही उपमहानगरपालिका-१४, झिंगौरास्थित थारु गाउँबाट र्‍याली सुरु गरी घोराही बजार परिक्रमा गरेका हुन् । उनीहरूले स्वर्गद्वारी गुठीको जग्गामा कायम भएको मोही हक कार्यान्वयन हुनुपर्ने माग गरेका छन् । जमिनमाथिको अवैध स्वामित्व अन्त्य हुनुपर्ने, यसअघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने, धर्मका नाममा शोषण गर्न नहुने जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर किसानहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनपछि उनीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

Mohi farmers of Swargadwari Guthi carrying halojuwa on the road [Photos]

यसअघि लामो समय घोराहीमा आन्दोलन गर्दा पनि आवाजको सुनुवाइ नभएपछि सरकारलाई दबाब दिन भन्दै दाङका ३९ जना मोही किसान काठमाडौं गएका छन् । उनीहरूले गत फागुन ८ देखि चैत ७ गतेसम्म घोराहीमा विभिन्न आन्दोलनका कार्यक्रम गरेका थिए । त्यसपछि सरकारले वार्ता गरेर माग पूरा गर्ने आश्वासन दिएको थियो । चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको वार्तापछि स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्ने गरी नयाा एकीकृत गुठीसम्बन्धी कानुन तर्जुमा गर्ने प्रक्रिया अविलम्ब थालनी गर्ने सहमति भएको थियो ।

Mohi farmers of Swargadwari Guthi carrying halojuwa on the road [Photos]

मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाको नेतृत्वमा गठित वार्ता तथा अध्ययन समितिले मोही किसानसँग वार्ता गरी उक्त सहमति गरेको थियो । वार्ताका क्रममा तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पनि गुठीसम्बन्धी एकीकृत कानून ल्याएर भूमिको अवैध स्वामित्व अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Mohi farmers of Swargadwari Guthi carrying halojuwa on the road [Photos]

सहमति भएको एक वर्ष पुग्न लाग्दा पनि कार्यान्वयन नभएपछि मोही किसान फेरि आन्दोलित भएको 'स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समिति'का अध्यक्ष प्रभु चौधरीले बताए । २०६२ चैत १४ गते सर्वोच्च अदालतले स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएको ठहर गर्दै आश्रमको स्वायत्ततामा आँच पुग्ने गरी आश्रमको नाममा दर्ता भएको जग्गा कुनै पनि किसिमले खण्डित र हिनामीना हुन नदिनू भनी परमादेश जारी गरेपछि मोही किसान जग्गाको अधिकार पाउनबाट वञ्चित भएका हुन् । स्वर्गद्वारी आश्रमको १०३४ बिघा १७ कट्ठा ७ धुर जग्गामध्ये ७५३ बिघा जग्गामा मोही कायम रहेको छ । उक्त जग्गामा ३ हजार ५ घरधुरी मोही छन् । जसमा १५ हजार बढी सदस्य आश्रित छन् ।

Mohi farmers of Swargadwari Guthi carrying halojuwa on the road [Photos]
Mohi farmers of Swargadwari Guthi carrying halojuwa on the road [Photos]
Mohi farmers of Swargadwari Guthi carrying halojuwa on the road [Photos]
Mohi farmers of Swargadwari Guthi carrying halojuwa on the road [Photos]
Mohi farmers of Swargadwari Guthi carrying halojuwa on the road [Photos]
Mohi farmers of Swargadwari Guthi carrying halojuwa on the road [Photos]
Mohi farmers of Swargadwari Guthi carrying halojuwa on the road [Photos]
Mohi farmers of Swargadwari Guthi carrying halojuwa on the road [Photos]
Mohi farmers of Swargadwari Guthi carrying halojuwa on the road [Photos]

Durgalal

Link copied successfully