खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी [तस्बिरहरू]

माघ २६, २०८१

कान्तिपुर संवाददाता

Water Minister's Office Fired [Photos]

काठमाडौँ — खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको छ । शनिबार बिहान अकास्मात् मन्त्रीको कार्यकक्षमा आगलागी हुँदा त्यहाँ झ्यालमा लगाइएका पर्दा, कार्पेट, टेबल र कुर्सीहरू समेत जलेका छन् ।

तस्बिर : रासस
तस्बिर : रासस

मन्त्रीको कार्यकक्षमा भएकाले आगलागी भएकाले कतिपय महत्वपूर्ण कागजातहरू समेत जलेको हुन सक्ने आशंका गरिएको छ । आगो लाग्ने बित्तिकै थाहा भएका कारण प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । अहिले आगो नियन्त्रणमा आइसकेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिल बोहराले जानकारी दिए। 'खानेपानी मन्त्रीज्यूकै कार्यकक्षमा आगलागी भएको छ। अहिले आगो नियन्त्रण भइसक्यो । केही कागजातहरू पनि जलेको देखिएको छ,' उनले भने । घटना शंकास्पद रहेकाले मन्त्रालयका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको एसपी बोहराले जानकारी दिए ।

तस्बिर : रासस
तस्बिर : रासस
Water Minister's Office Fired [Photos]
Water Minister's Office Fired [Photos]
Water Minister's Office Fired [Photos]
Water Minister's Office Fired [Photos]
Water Minister's Office Fired [Photos]
Water Minister's Office Fired [Photos]

तस्बिरहरू सौजन्य : नेपाल प्रहरी ।

कान्तिपुर

Link copied successfully