स्वर्गद्वारी गुठीका मोही किसान न्याय माग्दै काठमाडौँमा [तस्बिरहरू]

माघ २०, २०८१

अंगद ढकाल

Mohi farmers of Swargadwari Guthi demanding justice in Kathmandu [Photos]

काठमाडौँ — दाङको स्वर्गद्वारी गुठीका मोही किसान आफूहरूले न्याय पाउनुपर्ने भन्दै काठमाडौँ आइपुगेका छन् । उनीहरूले गुठीपीडित मोही किसानको हित हुने गरी गुठी ऐन जारी गर्नुपर्ने भन्दै काठमाडौँको माइतीघर मण्डलामा जम्मा भएर आइतबारदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका हुन् । हलो, कुटो कुदालोसहित कृषि कर्ममा प्रयोग गरिने औजार लिएर आएका गुठीपीडित किसानहरूले माइतीघरको सडकमा प्रदर्शन गरिरहेका छन् ।

Mohi farmers of Swargadwari Guthi demanding justice in Kathmandu [Photos]

स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समिति दाङको संयोजनमा काठमाडौँ आएका उनीहरूले स्वर्गद्धारी गुठीको जग्गा मोही किसानको नाममा रैतानी गर्ने गरी गुठी ऐन जारी हुनुपर्ने माग गरेका छन् । स्वर्गद्वारी आश्रमका मोही किासनको मोहीयानी हक प्रमाणपत्र अनुसारको जग्गा प्राप्तिको कानून निर्माणका लागि दबाब दिन आफूहरू धर्नामा उत्रिएको संघर्ष समितिका सचिव भरत गिरीले जानकारी दिए । उनका अनुसार उनीहरूले २०४५ सालदेखि नै जिल्ला केन्द्रित आन्दोलन गर्दै आएका छन् । तर आफूहरूको मागबारे सरकारले सुनुवाई नगरेपछि अहिले काठमाडौँमै आएर धर्ना बस्नुपरेको हो ।

Mohi farmers of Swargadwari Guthi demanding justice in Kathmandu [Photos]

'स्वर्गद्वारी गुठीको मोही दाङ जिल्लामा १२ मौका (गाउँ) मा ३ हजार ५ परिवारका करिब १६ हजार जनस‌ङ्ख्याको बसोबास छ । कुल १ हजार ५० विपा जमिन गुठीअन्तर्गत छ । किसानले खेतीपाती गर्दै बसोवाससमेत गर्दै आएको पुस्तौं बित्यो, उक्त जग्गा हाम्रै बाजे, जिजुबाजेले खेतीयोग्य बनाएका हुन्। स्वामित्य भने स्वर्गद्वारी गुठीको नाममा छ,' संघर्ष समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'हामीसँग मोहीयानी पुर्जा छ। त्यो पनि २०६२ चैत १४ गते सर्वोच्च अदालतको संयुक्त इजलासबाट परमादेशसमेत जारी गरी खारेजी गरिएको छ।'

Mohi farmers of Swargadwari Guthi demanding justice in Kathmandu [Photos]

जग्गा जोतखन, स्याहार, संरक्षण र माया गर्ने किसानहरूलाई नै जमीनको स्वामित्व नहुने अवस्था हुनु ठूलो अन्याय भएको उनीहरूको दाबी छ । 'हामीले जोतखन गर्दै आएको जग्गाको स्वामित्व माग गर्दा नदिएपछि बाध्य भएर राज्यको ध्यानकर्षण गराउनको लागि काठमाडौं केन्द्रित आन्दोलनमा छौं। गत वर्ष २०८० फागुन ७ देखि १ महिना लामो आन्दोलन दाङमै गर्‍यौँ,' उनीहरूले भनेका छन् । त्यसबेलाको आन्दोलन सरकारसँग दुई बुँदे सम्झौता भएपछि स्थगित भएको थियो ।

Mohi farmers of Swargadwari Guthi demanding justice in Kathmandu [Photos]
Mohi farmers of Swargadwari Guthi demanding justice in Kathmandu [Photos]
Mohi farmers of Swargadwari Guthi demanding justice in Kathmandu [Photos]
Mohi farmers of Swargadwari Guthi demanding justice in Kathmandu [Photos]
Mohi farmers of Swargadwari Guthi demanding justice in Kathmandu [Photos]
Mohi farmers of Swargadwari Guthi demanding justice in Kathmandu [Photos]
Mohi farmers of Swargadwari Guthi demanding justice in Kathmandu [Photos]

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully