काठमाडौँ — संकटाले दशरथ रंगशालामा भएको फाइनलमा बागमतीलाई सडन डेथमा पराजित गर्दै सभापति कपको उपाधि जितेको छ । दशरथ रंगशालामा भएको खेलका टाइब्रेकरमा संकटा ४–३ ले विजयी रह्यो ।
संकटाका लागि लक्षु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले गोल गरे । राम थापा र रोशन पहारीले भने गोल गर्न सकेनन् । बागमतीका लागि नवीन लामा, फोडे फोफाना र सेने एलेक्सले मात्र गोल गरे । कुलदीप कार्की, रजत तिवारी र गौरव श्रेष्ठ भने पेनाल्टीमा चुके ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगेपछि प्रतिस्पर्धा सिधै टाइब्रेकरमा प्रवेश गरेको हो । त्यस अवधिको खेल पूर्णतः संकटाको पकडमा रहे पनि कुनै गोल भने निस्कन सकेन् । उसको शृंखलाबद्ध आक्रमण निर्णायक सावित भएन ।
विजेताले उपाधिसँगै २६ लाख रुपैयाँ पनि हात पारेको छ । उप विजेताले भने १३ लाख रुपैयाँमै चित्त बुझाएको छ । विजेता र उपविजेता टिमलाई डालोमै राखेर नगद पुरस्कार दिइएको थियो । सेमिफाइनलमा संकटाले मछिन्द्रलाई हराएको भने बागमतीले एनआरटीलाई पराजित गरेको थियो । दुवै सेमिफाइनलको टुंगो पनि सेमिफाइनलमै भएको थियो । कुल आठ टिमको सहभागिता रहेको प्रतियोगिता नकआउटको आधारमा सञ्चालन भएको थियो ।
![The winner and runner-up of the Chairman's Cup will receive a lot of money! [pictures]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/sabhapaticupbagmativssankatafinal26-3012025051047-1000x0.jpg&w=1001&h=0)
![The winner and runner-up of the Chairman's Cup will receive a lot of money! [pictures]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/sabhapaticupbagmativssankatafinal32-3012025051120-1000x0.jpg&w=1001&h=0)
![The winner and runner-up of the Chairman's Cup will receive a lot of money! [pictures]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/sabhapaticupbagmativssankatafinal27-3012025051104-1000x0.jpg&w=1001&h=0)
![The winner and runner-up of the Chairman's Cup will receive a lot of money! [pictures]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/sabhapaticupbagmativssankatafinal25-3012025051033-1000x0.jpg&w=1001&h=0)