काभ्रे — खानीखोला र बेथानचोक गाउँपालिकाको सीमामा रहेको चिसापानी सामुदायिक वनमा मंगलबारदेखि सुरु भएको डढेलो अन्य तीन सामुदायिक वनमा फैलिएको छ । डढेलो लाग्न सुरु भएको ४ दिन बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।
खानीखोला–१ थाम लेकको चिसापानी सामुदायिक वनबाट सुरु भएको आगो फैलिँदै बेथानचोक–१, २, ३ र ५ को सीमा क्षेत्रसम्म आइपुगेको हो । चिसापानीको डढेलो आफैं नियन्त्रणमा आए पनि महाभारत पर्वतशृंखलामा पर्ने अन्य तीन सामुदायिक वनमा भने नियन्त्रणमा आउन सकेको छैन । डढेलो बस्तीमा आउन नदिन शुक्रबार बेथानचोक–२ रमित्तेडाँडा र ज्वानो थुम्कामा सिम्रिक एयरको हेलिकोप्टरबाट पानी खन्याएर आगो निभाउने प्रयास गरेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए ।
![Fire in Mahabharata region for four days [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/main-2412025050903-1000x0.jpg&w=1001&h=0)
![Fire in Mahabharata region for four days [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/sequence-0700133206still013-2412025033435-1000x0.jpg&w=1001&h=0)