काठमाडौँ — मौसम खुलेपछि बिहीबार कीर्तिपुरको बाघ भैरव मन्दिरबाट काठमाडौं उपत्यका र आसपासका हिमश्रृंखला छर्लङ्गै देखिएका छन् । गोधुली साँझमा हिमालका मनोरम दृश्यसँगै काठमाडौंका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।
केहीदिन एता काठमाडौंको मौसम खुलेपछि हिमाली दृश्यले मनै लोभ्याउँछ । मौसम सफा भएको बेला काठमाडौंका अग्ला ठाउँबाट गणेश, लाङ्टाङ, जुगल, दोर्जे लाक्पालगायतका हिमालहरु देखिन्छन् ।
अंगद ढकाल ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।