काठमाडौँ — धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(हर्क साम्पाङ) धरानको खानेपानीको समस्या समाधानका लागि मंगलबार सिंहदरबार पुगेका छन् । उनी रित्तो गाग्री लिएर सिंहदरबार परिसर प्रवेश गर्न खोजेका थिए । तर उनले बोकेको गाग्री भने प्रहरीले खोसेको छ ।
मेयर राईले मंगलबार बिहान गाग्रीसहित खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यालय जाने बताएका थिए । संघीय सरकारले धरानमा खानेपानी समस्या समाधानका लागि पहल गर्नुपर्ने उनको माग छ । उनले सामाजिक सञ्जालमा लेखेका थिए, 'आज १० बजे आसपासमा सिंहदरबार छिर्ने विचार छ ! खानेपानीमन्त्री, अर्थमन्त्री र प्रधानमन्त्रीको कार्यालयमा गाग्रीसहित जानेछु ! केन्द्रले धरानलाई विभेद नगरी सप्तकोशीको पानी ल्याउने योजनाको ठेक्का यही वर्षमा लगाइदिन परो भन्ने माग हो !
![Why did Harak Sampang come to Singha Darbar with Ritto Gagri? [pictures]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/harka-rai-2112025070821-1000x0.jpg&w=1001&h=0)
![Why did Harak Sampang come to Singha Darbar with Ritto Gagri? [pictures]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/harka-sampang-9-2112025065643-1000x0.jpg&w=1001&h=0)