कपिलवस्तु — कठ्याङ्ग्रिँदो चिसोमा विश्व शान्तिको कामना गर्दै ४ सय बढी दक्षिण कोरियाली बौद्ध धर्मावलम्बीले मंगलबार बुद्धस्थल तिलौरोकोटमा प्रार्थना गरेका छन् ।
विश्वमा अशान्ति बढ्दै गएका बेला पुरातात्त्विक तथा ऐतिहासिक स्थल तिलौराकोटमा आएर उनीहरूले सामूहिक रूपमा शान्तिको कामना गरेका हुन् । राजधानी सोलमा मुख्यालय रहेको ज्वइन टूगेदर सोसाइटी अन्तर्राष्ट्रिय राहत संस्थासँग आबद्ध उनीहरूलाई धर्माचार्य भम्यङ सुनिमले शान्तिको उद्गमस्थलमा आई पूजापाठ गराई प्रार्थना गराएका थिए । उनीहरूलाई धार्मिक विधिपूर्वक शिल र परित्रान पाठ गराइएको हो ।

