बेइजिङ — चिनियाँ नव वर्ष अर्थात् वसन्त चाडको सेरोफेरोमा उत्सवजन्य गतिविधिहरू तीव्र भएका छन्। युनेस्कोद्वारा मानवजातिको गैरभौतिक सांस्कृतिक सम्पदाको सूचीमा समावेश गरिएपछि चिनियाँ नयाँ वर्ष स्प्रिङ फेस्टिभलप्रति विश्वचासो बढ्दै गएको छ।
यतिखेर सर्प वर्षको महोत्सवलाई लक्षित गरी बेइजिङको ‘वन यु ह’ पार्कमा हजारौं बत्तीहरूको मेला चलिरहेको छ। डिसेम्बर २८ तारिखदेखि चलिरहेको ‘बेइजिङ थाउजेन्ड लाइट्स नाइट’ २०२५ को मार्चसम्म चल्नेछ।
बत्ती महोत्सवमा वन्डरल्यान्ड, समृद्धि, भविष्य, ड्रागन र सर्प नव वर्ष, अद्भूत साहसिकता, ग्रेट पावर ट्रेजर, सुन्दर फूल, फेसनलगायत विभिन्न थिम एरियाहरू स्थापना गरिएको छ।
बत्तीहरूको विशेष आकर्षण रात्रिकालमा हुने भएकाले काल्पनिक दृष्य हेर्नका लागि पर्यटकको घुइँचो लाग्ने गरेको छ। महोत्सवमा राष्ट्रिय शैलीको नृत्य, ड्रम सङ्गीत, सिंह नृत्य, परेड, थ्रीडी म्यापिङ सो इत्यादि मञ्चन गरिने भएकाले ठूलो संख्यामा युवा पर्यटकहरूलाई आकर्षित गरिएको छ। पुरानोलाई बिदाइ गर्ने र नयाँलाई स्वागत गर्ने पर्यटन बजारको नवीन रणनीति यसमा घुसेको पाइन्छ।
![Gulzar Beijing in New Year [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dragon-2112025060304-1000x0.jpg&w=1001&h=0)
![Gulzar Beijing in New Year [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/rajkumar-2112025060351-1000x0.jpg&w=1001&h=0)
![Gulzar Beijing in New Year [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/scene-2112025060438-1000x0.jpg&w=1001&h=0)
![Gulzar Beijing in New Year [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/seeen-2112025060503-1000x0.jpg&w=1001&h=0)