भक्तपुर — नेपाल भ्रमण वर्ष २०२५ तथा चिनियाँ नव वर्ष सांस्कृतिक महोत्सवको शुभारम्भ भएको छ । भक्तपुर दरबार क्षेत्र लायकुमा शनिबार एक समारोहबीच उर्जामन्त्री दिपक खड्का, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतीले महोत्सव उद्घाटन गरेका हुन् ।
महोत्सवको चिनियाँ राजदूतावास,संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्ड मुख्य आयोजक रहेका छन् । कार्यक्रममा नेपाली तथा चिनियाँ टोलीले दुबै देशको संस्कृति झल्किने नाच गान प्रस्तुत गरेका थिए । नेपालको पर्यटन प्रवर्द्धन र चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएका छन् ।
![Cultural Festival in Bhaktapur [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/cuturreprogramnepalchinabhaktapur202501181491-1812025021913-1000x0.jpg&w=1001&h=0)
![Cultural Festival in Bhaktapur [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/cuturreprogramnepalchinabhaktapur202501181504-1812025021720-1000x0.jpg&w=1001&h=0)