पाल्पा — माघे सक्रान्तिमा पाल्पा, गुल्मी र स्याङ्जाको संगम रूरू क्षेत्रको रिडी मेलामा घरेलु उत्पादनका सामाग्री किनमेल गर्नेको भीड लागेको छ। कालीगण्डकीमा स्नान गर्ने र ऋषिकेशव मन्दिरमा दर्शन गरी फर्किने बेलामा डोको, डालो, सुपा, ढकिया, काइयो, राडीपाखी, काम्लो किन्नेको भीड लागेको हो ।
पाल्पाको रैनादेवी छहराको जुठापौवा, बल्ढेङगढी, कचलबाट मात्र सय बढीले सुपा लिएर रिडी मेला आएका छन् । यसबाट घरखर्च चल्ने उनीहरुको दाबी छ ।त्यस्तै, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बाग्लुङ, मुस्ताङ, रुकुमपूर्वबाट पनि घरेलु सामान बिक्रीका लागि ल्याइएको छ। रिडी मेला घरेलु उत्पादनको प्रदर्शन र बिक्री गर्ने प्रमुख थलो बनेको छ ।
अन्यत्र हुने मेलामा भन्दा रिडी रूरू क्षेत्रमा लाग्ने मेलामा घरेलु उत्पादन बिक्री वितरण अत्यधिक हुने गरेको अर्गलीका परसुराम भट्टराईले बताए । रिडी मेलामा घरेलु उत्पादन खरिद गर्नका लागि नै मानिसहरु आउने गर्छन् । रिडी मेलामा रुकुम र जुम्लाबाट ल्याइएका काम्ला, राडीपाखी पनि बिक्री गरिएको छ । जाडो मौसममा व्यापार राम्रो हुने भएकाले रुकुमबाट समेत काम्लोको व्यापार गर्न टोली नै रिडी आउने गर्छन् ।
![Shopping for Home Products at Riddy Mela [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/ruru-mela-22-1512025035645-1000x0.jpg&w=1001&h=0)
![Shopping for Home Products at Riddy Mela [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/ruru-mela-20-1512025035634-1000x0.jpg&w=1001&h=0)
![Shopping for Home Products at Riddy Mela [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/ruru-mela-18-1512025035623-1000x0.jpg&w=1001&h=0)