काठमाडौँ — आज ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदैछ । दिवसकै सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँस्थित सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।
सिंहदरबारको पश्चिम गेट पुगेर राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पणसहित सम्मान अर्पण गरेका हुन् । प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम मूलगेटमास्थित पृथ्वीनारायण शाहको सालिक रहेको स्थानमा आयोजित कार्यक्रममा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।