काठमाडौँ — सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल ३.५ मिटर मात्र खन्न बाँकी छ । आयोजनाका अनुसार टनेल निर्माणको क्षेत्रमा ‘ब्रेक थ्रु सेरेमोनी’ हुने भएकाले त्यसका लागि एक दिनअघि मात्र बाँकी काम सक्ने योजना रहेको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयले जनाएको छ ।
